global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ १४ सहकारी सीआईबीको कालोसूचीमा

१४ सहकारी सीआईबीको कालोसूचीमा

१४ सहकारी सीआईबीको कालोसूचीमा

एक दर्जन भन्दा बढी सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले पुस महिनामा १४ वटा सहकारी संस्थालाई कालोसूचीमा राखेको हो ।

केन्द्रले कालोसूचीमा राखेपछि त्यस्ता व्यक्ति तथा संस्थाहरू वित्तीय सेवा लिनबाट बन्देज हुन्छन् । राज्यबाट समेत उनीहरूले विभिन्न सेवा सुविधा नपाउन सक्ने कर्जा सूचना केन्द्रले जनाएको छ ।

कर्जा सूचना केन्द्रका अनुसार गएको पुस महिनामा पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था, अर्थवृद्धि बहुउद्देश्यीय सहकारी संस्था, महाभारत जडीबुटी कृषि सहकारी संस्था, एशियन बचत तथा ऋण सहकारी संस्था, मैङ्लुङ सिंहदेवी बचत तथा ऋण सहकारी र हामी एक बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु