काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

1.48K
shares

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै गत पुस २४ गते ९८ वर्षको उमेरमा निधन भएका बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका हुन ।

बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक, संविधानसभा सदस्य एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुन । स्वर्गीय बस्नेतका एक छोरा केशवध्वज बस्नेत तथा दुई छोरी अनारदेवी बस्नेत र अङ्गुर बस्नेत हुन । उनको निधनबाट नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनका योद्धा, एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सभापति देउवाले बस्नेतको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।