global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास

भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास

भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास

२७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज जिल्ला सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीले खोजी, उद्धार र उपचारसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जलेश्वर नगरपालिका– २ स्थित दुर्गा चोकमा सुरक्षाकर्मीले उक्त कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस शाखा कार्यालयको संयुक्त टोलीले भूकम्पका बेला हुनसक्ने भौतिक तथा मानवीय हानीनोक्सानीका बेला गरिने खोजी, उद्धार र उपचार प्रक्रियाबारे कृत्रिम अभ्यास प्रस्तुत गरेका थिए ।

उक्त प्रदर्शनी पश्चात प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले नगरवासीलाई भूकम्पबाट बच्न, बचाउन अपनाउनुपर्ने सावधानीका बारेमा बताएका थिए । कृत्रिम अभ्यास हेर्न सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएका थिए ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु