global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला

लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला

लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला

लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ ।
लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश ः जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु