गृहपृष्ठ संस्थापक ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त
संस्थापक ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस(एम्स)को दूत नियुक्त भएका छन् ।
एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दूत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईँसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौँ ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन् –‘तपाईँको नेपालगन्ज म्याराथन आयोजकका रूपमा लामो समयको अनुभवलाई आत्मसाथ गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कङ्ग्रेसमा तपाईँको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दूत नियुक्त गर्ने निर्णयमा पुगेका हौँ । तपाईँले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।‘
नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलो पटक जापानको ओसकामा भएको २३औँ वर्ल्ड कङ्ग्रेसमा ठकुरीले नै भाग लिएका थिए । विश्व समुदायलाई नेपालसम्बन्धी जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागेजिन समेत प्रकाशन गर्दै आएका छन् ।
प्रकाशित समय : १७:४६ बजे