global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने

बुटवल पावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको ३२ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने संचालक समितिबाट पेश भएको प्रस्ताव पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ । ३१ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम १ करोड कित्ता सेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु