global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गरिमा विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न

गरिमा विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न

गरिमा विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न

गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आजकास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ ।

त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालक दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन् ।

विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु