global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द

संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ ।

डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुबै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो ।

संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ कम्तिमा पाँच जनाको ज्यान गएको र सयौं उडानहरू रद्द भएको थियो ।

केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट ९–१८ डिग्री सेल्सियस० भन्दा तल झर्यो र हजारौं मानिसहरू बिजुलीविहीन भए ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु