global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो अत्याधिक बढेको छ । लियो क्लब अफ भलवारीले चिसो बढेसँगै सिदार्थनगर नगरपालिका र वुटवल क्षेत्रका स्थानीयहरुलाई कम्बल वितरण गरेको छ । क्लबले बिशेषगरी बेवारिसे, असाहय, वृद्ध तथा बालबालिकाहरुलाई मध्यनजर गर्दै एकसय भन्दा बढी कम्बल वितरण गरेको हो ।

रुपन्देहीमा केहीदिन यता अत्यधिक चिसो बढेको छ । क्लबले भैरहवाको बुद्ध पार्कमा जाडोको कारणले बिभिन्न समस्या झेलिरहेको व्यक्तिहरुलाई कम्बल बितरण गरीएको र यसो गर्दा केहीलाई राहत हुने क्लबकी अध्यक्ष सामना केसी ले बताइन् ।

युक्त कार्यक्रममा दीपक बोहोरा, महाकाल प्रजापति, चन्द्रमोहन पटुवा, कमला क्षेत्री र इन्द्र चौधरीद्वारा आर्थिक सहयोग गरी कार्यक्रम सफल पारिएको थियो ।

कार्यक्रममा लियो अमित गौण र महाकाल प्रजापतिले सुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य क्लबका संयोजक लियो अभिषेक चौधरीले राखेका थिए ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु