global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने

उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने

उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने उपप्रधानमन्त्री सिंह – मन्तव्य काठमाडौँ, २६ पुसः उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह शुक्रबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको चौथो वार्षिक साधारणसभामा मन्तव्य राख्दै । तस्बिरः सुरज घिमिरे÷रासस

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालको उद्योग क्षेत्र जुन रूपमा सञ्चालन हुनुपर्ने हो त्यो नभएको बताए । उनले स्थापना भइसकेका उद्योगहरूलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन व्यवस्थापनलाई आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने जिकिर गरे।

उपप्रधानमन्त्री सिंहले नेपालमा युवाहरू बस्नै चाँहदैनन् भनेर भाष्य विकसित भएको बताउँदै त्यसलाई समाधान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । उनले अधिकारको कुरालाई ठूलो स्वरले उठाउने र जिम्मेवारीको कुरा आउँदा सबैपछि हट्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

“अहिले नेपालमा युवाहरू कोही बस्नै चाँहदैनन् भन्ने भाष्य स्थापित गरिएको छ । भाष्य मात्रै बनाउनेहरूको त काम सकियो । त्यो समस्या समाधान गर्न सबैले जिम्मेवार भएर लाग्न प-यो”, उनले भने ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु