गृहपृष्ठ सूर्यदर्शन सहकारी प्रकरणका आरोपी लीला पछाई धरौटी बुझाएर आज रिहा
सूर्यदर्शन सहकारी प्रकरणका आरोपी लीला पछाई धरौटी बुझाएर आज रिहा
सूर्यदर्शन सहकारी प्रकरणका आरोपी लीला पछाई पनि धरौटी बुझाएर आज रिहा भएकी छन् ।
बिहीबार जिल्ला अदालतले धरौटीमा रिहा गर्न भनेता पनि धरौटी रकम जम्मा गर्न नसकेपछि कारागार चलान भएकी थिइन् । न्यायधीश नीतिज राईको इजलासले पछाईसहित सात प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, पछाईबाहेकका प्रतिवादी भने बिहीबार नै रिहा भए ।
३७ लाख धरौटी माग गरिएकी पछाई भने शुक्रबार मात्रै रिहा भएकी हुन् । उनले धरौटी बमोजिमको रकम शुक्रबार बुझाएकी हुन् ।
बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख र उनका व्यावसायिक साझेदार छविलाल जोशी ८८ लाखमा धरौटी बुझाएर छुटेका थिए ।
प्रकाशित समय : २१:१० बजे