गृहपृष्ठ विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्णरूपमा अवरूद्ध भएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए।

आज साँझ ५ बजेको समयमा पुलको बीच भाग भाँसिएपछि यातायात अवरूद्ध भएको प्रजिअ पोखरेलले बताए । पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए। डाइभर्सन निर्माण गरी यातायात सुचारू गर्न केही समय लाग्ने प्रजिअ पोखरेलले बताए ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु