global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल टेलिकमको साधारणसभा पुस २८ गते बस्दै, ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल टेलिकमको साधारणसभा पुस २८ गते बस्दै, ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल टेलिकमको साधारणसभा पुस २८ गते बस्दै, ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु