global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बिलबिजक भन्दा बाहिरको समान बोक्ने ट्रयाक्टर पक्राउ

बिलबिजक भन्दा बाहिरको समान बोक्ने ट्रयाक्टर पक्राउ

बिलबिजक भन्दा बाहिरको समान बोक्ने ट्रयाक्टर पक्राउ

कीटनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टर रौतहट प्रहरीले बरामद गरेको छ। बिलबिजक र सामान फरक रहेको भन्दै प्रहरीले दुबै गाड़ी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय गौरबाट गएराती गएको गस्ती टोलीले सिया पैलेस होटल अगाडी गहुँ बोकेको ना २ त १६५० नम्बरको ट्याक्टर, किटनाशक औषधि बोकेको ना २ त ७७६१ नम्बरको पिक अप शंकाको लागेर चेकजाँच गर्दा बिलबिजक र सामानमा फरक देखिएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

बरामद कीटनाशक औषधि सहितको पिक अप, गहुँ सहितको ट्याक्टर र गौर नगरपालिका ५ का ट्याक्टर चालक बर्ष ४५ को सञ्जीव यादव, पिक अप चालक सोही ठाउँका बर्ष ३० को सुनिल यादव लाई आवश्यक अनुसन्धानको लागि आज आन्तरिक राजश्व कार्यालय बारा पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा रौतहटमा तस्करी नियन्तरण संगै प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ।

 

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु