गृहपृष्ठ यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
नेपाल क्रिकेट सङ्घ (क्यान)ले टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय यू–१९ महिला क्रिकेट टोलीलाई बिदाई गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा क्यानले महिला यू–१९ टोलीलाई बिदाई गरेको हो ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा त्यसतर्फ जाने तालिका छ ।
टी–२० विश्वकपअघि यू–१९ महिला टोलीले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल पनि खेल्ने छ । नेपालले पुस २९ गते वेस्ट इन्डिज र माघ २ गते अमेरिकासँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
गत कात्तिकमा भएको एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलोपल्ट विश्वकपमा स्थान पक्का गरेको थियो ।
विश्वकपमा १६ राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछ । नेपाल अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै समूह ‘डी’ मा छ । विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि नै क्यानले पूजाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोलीः
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा ।
प्रकाशित समय : १२:५२ बजे