global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पितिवाङ खोलामा पुल निर्माण सुरु

पितिवाङ खोलामा पुल निर्माण सुरु

पितिवाङ खोलामा पुल निर्माण सुरु

वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पितिवाङ खोलामा पुल निर्माण सुरु भएको छ । राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै पुल निर्माणले गति लिन थालेको हो ।

यसअघि निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनले समयमा काम सम्पन्न नगरेपछि नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । संरक्षण निर्माण सेवा र सडक डिभिजन कार्यालय चौरजहारीबीच दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७६ असार ८ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार काम सम्पन्न नगरेपछि गत मङ्सिरमा यति बिल्डर्सले पुल निर्माण सुरु गरेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इञ्जिनियर तेजस्वी शर्माले जानकारी दिइन । पाँच करोड २८ लाख लागतमा पुल निर्माणको सम्झौता भए हो ।

यसअघिको निर्माण कम्पनीले पुलको एकतर्फी पिलर मात्र उठाएर अलपत्र छोडेको थियो । नयाँ कम्पनीले जिम्मा लिएसँगै दुवैतर्फ पिलर उठाएर ढलानको तयारी भइरहेको इञ्जिनियर शर्माले बताइन । उनका अनुसार पुल सिङ्गल स्पानको ३५ मिटर लामो रहनेछ । अहिले तीव्र गतिमा निर्माण भइरहेका समयमा सकिने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षभित्र सबै प्रक्रिया पूरा गरेर सवारी आवतजावतको व्यवस्था गरिने निर्माण कम्पनीका सञ्चालक भीमराज केसीले जानकारी दिए।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु