global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति ?

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति ?

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कति ?

नेपाली बजारमा सुनको भाउ लगातार ३ दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ८०० रुपैयाँले बढेर १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार र बिहीबार पनि सुनको भाउ क्रमशः प्रतितोला ५०० र ८०० रुपैयाँले बढेको थियो ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १८ सय ४० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६७३ डलरमा र चाँदी प्रतिऔंस ३०।२१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु