global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान

बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान

बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान

नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समितिले १५ दिनको अवधि राखेर आवेदन खुला गरेको हो ।

समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ । अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्यससरहको उपाधि हासिल गरेको हुनुपर्ने उक्त दफामा प्रावधान छ ।

आवेदनका निम्ति सात हजार ५०० रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु