गृहपृष्ठ रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको छ। साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीबार मलोर्कालाई ३-० गोलले हराउँदै रियल फाइनल पुगेको हो।
रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। बेलिंघनले ६३ औं मिनेटमा गोलको खाता खोलेका थिए।
इन्ज्युरी समयको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोलमा रियलको अन्तर दोब्बर भयो। रोड्रिगोले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे।
प्रकाशित समय : १०:२७ बजे