गृहपृष्ठ नेपाल बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट
नेपाल बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुलाई टिकट शुल्कमा ८ प्रतिशत र बैंकका कर्मचारीहरुलाई कार्गो सेवामा ३० प्रतिशत छुट हुने भएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय : १०:१२ बजे