global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ बर्षिया शुक्र बहादुर तामांग र सहचालक सिरहाको लाहान ५ का २४ बर्षिया प्रमोद मल्लिक रहेका छन्।

सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामांगलाई जिल्ला अस्पताल पुराउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए।

दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको साथै ३ सुंगुर जिवितै छन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ।

 

 

 

 

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु