global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल टेलिकमको पुस २८ गते बस्दैछ साधारण सभा

नेपाल टेलिकमको पुस २८ गते बस्दैछ साधारण सभा

नेपाल टेलिकमको पुस २८ गते बस्दैछ साधारण सभा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सत्रौं वार्षिक साधारण सभा बस्ने भएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।

साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु