global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न गरेको छ ।

भूमिकास्थान नगरपालिका–६ खिल्जीको बेल्बोटमा भएको नागरिक सुनुवाई कार्यक्रममा असुरकोट, खिल्जी र नुवाकोटका जनप्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रहरीले प्रदान गर्ने सेवा प्रवाह र शान्ति सुरक्षाका सवालमा सर्वसाधारणको भावना बुझ्न नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम यसअघि छत्रदेव गाउँपालिका, शितगङ्गा नगरपालिका, मालारानी गाउँपालिकालगायतका स्थानमा सम्पन्न गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु