global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अमेरिका इच्छुक नभए युक्रेनलाई समर्थनको नेतृत्व गर्न इयु तयार छ : कालास

अमेरिका इच्छुक नभए युक्रेनलाई समर्थनको नेतृत्व गर्न इयु तयार छ : कालास

अमेरिका इच्छुक नभए युक्रेनलाई समर्थनको नेतृत्व गर्न इयु तयार छ : कालास

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले बिहीबार राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि पनि संयुक्त राज्य अमेरिकाले युक्रेनलाई समर्थन जारी राख्ने आशा गरेको र यदि त्यसो नभए इयु नेतृत्व लिन तयार रहेको बताएका छन् ।

“म साँच्चै विश्वस्त छु कि अन्य सबै सदस्यहरू र आशा छ कि संयुक्त राज्य अमेरिका पनि युक्रेनलाई समर्थन जारी राख्न तयार छ”, कालासले जर्मनीमा रहेको एक अमेरिकी सैन्य अड्डामा युक्रेनलाई समर्थन गर्ने देशहरूको बैठकमा भाग लिँदै भने, “यदि संयुक्त राज्य अमेरिका त्यसो गर्न इच्छुक छैन भने इयु यो नेतृत्व लिन पनि तयार छ ।”

पत्रकारहरूसँग कुरा गर्दै उनले यस चरणमा ‘हामीले भविष्यको अमेरिकी समर्थनबारे वास्तवमा अनुमान लगाउनु हुँदैन, अमेरिकाको युरोपमा महत्त्वपूर्ण चासो छ र रुस विश्वको सबैभन्दा बलियो शक्ति बन्नु अमेरिकाको हितमा छैन’ भने।

“त्यसैले म विश्वस्त छु कि नेतृत्वले पदभार ग्रहण गरेपछि उनीहरूले पनि ठूलो तस्वीर देख्न सक्छन्”, ट्रम्पको जनवरी २० को शपथ ग्रहणअघि उनले भए।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु