global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ

सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ

सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ युनाइटेड क्लब पोखराको आयोजनामा पोखरामा बिहीबार सुरु भएको १३ औँ पोखरा महोत्सव– २०८१ को उद्घाटन समारोहमा मन्तव्य राख्दै । तस्बिरः धनबहादुर गुरुङ/रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् । मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न सञ्चार विधेयक ल्याउने तयारी गरिरहेको उनले बताए।

युनाइटेड क्लब पोखराद्वारा आयोजित १३औँ संस्करणको पोखरा महोत्सवको आज पोखराको अमरसिंह चौरमा उद्घाटन गर्दै मन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार र सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए । उनले सुशासन र राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार गठन गरेको उल्लेख गर्नुभयो । देशको अर्थतन्त्र सुधार गरेर जनतालाई विकासको अनुभूति दिन सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।

पर्यटकीय राजधानी पोखरामा पर्यटन पूर्वाधारसहित विकास निर्माणका काम गर्न जरुरी भएको मन्त्री गुरुङले बताए। उनले भने, “पर्यटकीय राजधानीको रुपमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा स्थनीय र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।”

गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएकै कारण यहाँ पर्यटनको सम्भावना अत्यधिक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न जरुरी भएको बताए । पोखराको फेवाताल संरक्षणमा विशेष ध्यान दिन जोड दिँदै उनले यहाँका तालहरुको संरक्षण गर्न आवश्यक बजेट विनियोजन गर्न जरुरी भएको बताए।

पोखराको ट्राफिक जामलाई कम गर्न समयमै पोखरामा भित्री चक्रपथ निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि काम अगाडि बढाउन गण्डकी प्रदेश सरकारलाई सुझाव दिए । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, आइटी पार्क, सभाहललगायत पूर्वाधार बनाउनुपर्ने उनले बताए ।

सांसद मनबहादुर गुरुङले गण्डकी प्रदेशलाई पर्यटकीय तथा सांस्कृतिक रुपमा विकस गर्दै यहाँको कला संस्कृति विश्वमा प्रवद्र्धन गर्न जरुरी भएको बताए । ‘पर्यटकीय राजधानी भएकाको कला संस्कृतिको विकासमा पनि ध्यान दिन जरुरी छ, उनले भने।

सासंद दामोदर पौडेलले स्थानीय उत्पादनलाई बिक्री र प्रवर्द्धन गर्न गरिएका यस्ता महोत्सवबाट अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । गण्डकी प्रदेशलाई कृषि र पर्यटनको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बाह्र दिनसम्म चल्ने उक्त महोत्सवमा दुई सय ५८ कक्ष रहेका छन् ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु