global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वायु सेवा निगमका समस्या अध्ययन गर्न चार संसदीय उपसमिति गठन

वायु सेवा निगमका समस्या अध्ययन गर्न चार संसदीय उपसमिति गठन

वायु सेवा निगमका समस्या अध्ययन गर्न चार संसदीय उपसमिति गठन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्य छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन् ।

बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्य योजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

पुरातात्त्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्य योजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु