global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एन्फा महिला लिग : नेपाल पुलिसविरुद्ध एपीएफको फराकिलो जित

एन्फा महिला लिग : नेपाल पुलिसविरुद्ध एपीएफको फराकिलो जित

एन्फा महिला लिग : नेपाल पुलिसविरुद्ध एपीएफको फराकिलो जित

एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले पुलिसलाई ६–० गोलले हरायो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रो हाफमा ४ गोल थप्यो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु