global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

सुर्यदर्शन सहकारी ठगी, कससँग कति मागियो धरौटी

सहकारी ठगी मुद्दाका ७ आरोपीलाइ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाइ ६५ र गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसैगरी लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५–५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सुचना अधिकारीले जानकारी दिए ।

लामिछाने र जोशीबिरूद्द भने सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु