गृहपृष्ठ एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न
एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं त्रिभुवन आर्मि अफिसर्स क्लब टुँडिखेलस्थित, एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा ०८१ पौष २५ बिहिबार, २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार ब्यक्त गरेको थियो ।
बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब कर्जा २०४.६१ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १८:२८ बजे