गृहपृष्ठ बिहार लोकसभाका सांसद पप्पु यादव नेपाल आउँदै
बिहार लोकसभाका सांसद पप्पु यादव नेपाल आउँदै
भारतका लरेन्स विष्णोई गिरोहबाट धम्की पाइरहेका भारत बिहार पूर्णियाका लोकसभा सांसद पप्पु यादव नेपाल भ्रमणमा आउने भएका छन् ।
निजी भ्रमणमा आउने भनिए पनि नेपाल भ्रमणको उद्देश्य खुलाइएको छैन । माघ २ गते नेपाल आउन लागेका उनी ३ गते भारत फर्किने बताइएको छ । उनी नेपाल भ्रमण आएको मौकामा नेपाल यादव युवा संघले माघ ३ गते नेपाल–भारतः यादव समाजको अवस्था विषयक छलफल तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सन् १९९१ देखि पटक पटक बिहारबाट चुनाव लडेका पप्पु यादव ६ पटक सांसद भइसकेका छन् । त्यसमध्ये उनी चार पटक स्वतन्त्र जितेका थिए ।
प्रकाशित समय : १४:२२ बजे