global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको १५ लाख मात्रा नेपाल आइपुगेको छ ।

आगामी माघ २२ गतेबाट देशब्यापीरुपमा सो खोप लगाउने सरकारको तयारी स्वरूप १७ लाखमध्ये १५ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । थप २ लाख मात्रा खोप यही पुस २८ गते आइपुग्ने जनाइएको छ ।

नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु