गृहपृष्ठ २०२४ मा साढे तीन करोड बढी पर्यटक पुगे थाइल्यान्ड
२०२४ मा साढे तीन करोड बढी पर्यटक पुगे थाइल्यान्ड
थाइल्यान्डले २०२४ मा ३ करोड ५५ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएको छ । जुन एक वर्ष अघिको तुलनामा २६.२७ प्रतिशतले वृद्धि हो ।
थाई पर्यटन तथा खेलकुद मन्त्रालयका अनुसार ६७ लाख ३० हजार आगमनका साथ, चिनियाँ पर्यटकहरूले गत वर्ष दक्षिण पूर्वी थाइल्यान्डको लागि सबैभन्दा ठुलो स्रोत बजार बनाएका थिए । त्यसपछि मलेसियाबाट ४९ लाख ५० हजार र भारतबाट २१ लाख २० हजार आएका थिए ।
२०२४ मा थाइल्यान्डले अन्तर्राष्ट्रिय पर्यटकहरूबाट लगभग ४८.४५ अर्ब अमेरिकी डलर राजश्व उठेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि हो ।
प्रकाशित समय : ११:२४ बजे