global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा

समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा

समता घरेलु लघुवित्तको बोनस सेयर घोषणा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९–८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु