गृहपृष्ठ मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : मारिया रेसा
मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : मारिया रेसा
फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गरेपछि एएफपीलाई दिएको अन्तर्वार्तामा बुधबार ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएकी छन ।
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको राप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन् ।
सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताए।
“यदि नाफामा आधारित संस्थाले मात्र यो दावी गर्न सक्ने तर यदिं शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दावी गर्नु सही होइन । यो व्यक्तिको सुरक्षाको कुरा हो।”
प्रकाशित समय : १७:१९ बजे