global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सहकारी ठगी प्रकरण: प्रतिवादीहरुका वकिलको बहस सकियो

सहकारी ठगी प्रकरण: प्रतिवादीहरुका वकिलको बहस सकियो

सहकारी ठगी प्रकरण: प्रतिवादीहरुका वकिलको बहस सकियो

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।

आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि(बिहीबार) हुनेछ ।

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु