global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालगञ्जमा मोमो महोत्सव हुँदै

नेपालगञ्जमा मोमो महोत्सव हुँदै

नेपालगञ्जमा मोमो महोत्सव हुँदै

नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।

सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए । सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मोमोे महोत्सव आयोजना गरेको थियो । पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमोे राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा प्रत्येक दिन फरकफरक कलाकारको सांस्कृतिक प्रस्तुति रहने प्रबन्ध सञ्चालक न्यौपानेले बताए । पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने दोस्रो दिन नेपालगञ्जको ‘लाइभ ब्याण्ड द समय ब्याण्ड’ सँगसँगै मोमो बनाउने र पकाउने प्रतियोगिता हुनेछ ।

मोमो बनाउने र पकाउने प्रतियोगिताका निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । “नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगञ्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ”, न्यौपानेले भने । अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगञ्जका मुख्य प्रशिक्षक बद्री कोइरालाले भने “देशैभरि मोमोका विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो महोत्सव आयोजाना गर्न लागेका हौँ । महोत्सवमार्फत मोमोका विभिन्न प्रकारको पहिचान गराउने लक्ष्य छ ।”

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु