गृहपृष्ठ कामना सेवाविकास बैंक र इशान अस्पतालबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता
कामना सेवाविकास बैंक र इशान अस्पतालबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता
कामना सेवाविकास बैंकले बसुन्धारा, काठमाडौं स्थित Ishan Children & Women’s Hospital Pvt. Ltd. सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य सेवाकापहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु-याउने उद्धेश्यले स्थापित उक्त ईशानबाल तथा महिला अस्पतालप्रा. लि.मा कामना सेवाविकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय : १६:०० बजे