गृहपृष्ठ युथ क्लबविरुद्ध एपीएफको पहिलो रोमाञ्चक जित
युथ क्लबविरुद्ध एपीएफको पहिलो रोमाञ्चक जित
![युथ क्लबविरुद्ध एपीएफको पहिलो रोमाञ्चक जित युथ क्लबविरुद्ध एपीएफको पहिलो रोमाञ्चक जित](https://www.newskarobar.com/wp-content/uploads/2025/01/newskarkahna-news800450.jpg)
एपीएफले पहिलो जीत निकालेको छ ।
विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए ।
पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
प्रकाशित समय : १५:२४ बजे