global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल उद्योग बाणिज्य महासंघको चिनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त

नेपाल उद्योग बाणिज्य महासंघको चिनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त

नेपाल उद्योग बाणिज्य महासंघको चिनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त

नेपाल उद्योग बाणिज्य महासंघले चिनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ । महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।

विगतमा पनि तपाईंले यस क्षेत्रमा नेपालको व्यापार र लगानीको बढाउन महत्वपूर्ण योगदान दिएको पत्रमा उल्लेख छ । अंगाईको असाधारण नेटवर्किङ क्षमता र उद्योग विशेषज्ञताले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गरेको छ ।

अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । यसले धेरै महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु