global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पुलिसविरुद्ध मधेश प्रदेश १२९ रनमै अलआउट

पुलिसविरुद्ध मधेश प्रदेश १२९ रनमै अलआउट

पुलिसविरुद्ध मधेश प्रदेश १२९ रनमै अलआउट

जय ट्रफी मेन्स एलिट कपमा विभागीय नेपाल पुलिस क्लबविरुद्धको पहिलो इनिङमा मधेश प्रदेश १२९ रनमै अलआउट भएको छ । वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको मधेश ४२.४ ओभरमा १२९ रनमै अलआउट भएको हो ।

तल्लोक्रममा ब्याटर नचल्दा मधेश सस्तैमा समेटिएको हो । एक समय मधेश प्रदेशले ९९ रन जोड्दा २ विकेट मात्र गुमाएको थियो । उसका लागि ओपनिङ ब्याटर मयन यादवले अर्धशतकीय पारी खेले ।

उनले १०२ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५९ रन बनाए । मयनले पहिलो खेलको दोस्रो इनिङमा बागमती प्रदेशविरुद्ध १ सय ६ रनको शतकीय पारी खेलेका थिए । यस्तै, पुलिसविरुद्ध निरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन जोडे ।

पुलिसका लागि गुलशनकुमार झाले उत्कृष्ट बलिङ गरे । उनले १३ ओभरमा ४ मेडनसहित ४० रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, कुशल भुर्तेलले दुई, ललित राजवंशी र श्रवन यादवले एकरएक विकेट हात पारे ।

 

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु