गृहपृष्ठ अखिल भारतीय महासभाको कार्यक्रममा भाग लिन अध्यक्ष दत्त भारत जादै
अखिल भारतीय महासभाको कार्यक्रममा भाग लिन अध्यक्ष दत्त भारत जादै
मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त अखिल भारतीय कायस्थ महासभा द्वारा आयोजित कार्यक्रममा भाग लिन शनिबार भारत जाने भएका छन् ।
जनवरी १२ मा नयाँ दिल्लीमा आयोजना हुने “स्वामी विवेकानन्द तथा महर्षि योगी जयन्ती समारोह र कायस्थ उत्सव २०२५” मा अति विशिष्ट अतिथिको रुपमा सहभागी हुन् शनिबार नयाँ दिल्ली जाने कार्यक्रम रहेको अध्यक्ष डा.दत्तको सचिवालयले जनाएको छ ।
सो कार्यक्रममा देश-विदेशका महत्वपूर्ण सामाजिक अभियन्ताहरुको उपस्थिति रहने छ । अध्यक्ष डा.दत्त सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रकाशित समय : १३:२७ बजे