global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विगत तीन दिनदेखि कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द

विगत तीन दिनदेखि कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द

विगत तीन दिनदेखि कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् ।

सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् ।

जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले आजदेखि लागू हुनेगरी पुस २९ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन् भने एकडारा गाउँपालिकाले आगामी माघ १ गतेसम्मका लागि विद्यालय बन्द गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

साना बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँच वटा पालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन् ।

तराई मधेसमा विगत दुई–तीन दिनदेखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ । असहनीय जाडोका कारण स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु