global ime bank Long Banner Ad

गृहपृष्ठ साना किसान लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

साना किसान लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

साना किसान लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर दिने भएको छ।

संस्थाको २३औं वार्षिक साधारण सभाले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो।

संस्थाको आर्थिक वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले बढेर नाफा ९२ करोड १९ लाख पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख रूपैयाँ खुद मुनाफा गरेको थियो।

आर्थिक वर्ष २०८०–८१ मा कुल सञ्चालन आम्दानी ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ। वर्ष २०७९–८० मा यस्तो आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रूपैयाँ थियो।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु