global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तेस्रो डिएभी बि.सी.ए. इन्टर कलेज फुटसल कपको तयारी पुरा

तेस्रो डिएभी बि.सी.ए. इन्टर कलेज फुटसल कपको तयारी पुरा

तेस्रो डिएभी बि.सी.ए. इन्टर कलेज फुटसल कपको तयारी पुरा

निर्धारित मिति अनुसार पुष २९ गते सुरु हुने डिएभी बि.सी.ए. कलेजको तेस्रो संस्करणको बि.सी.ए. अन्तर–कलेज फुटसल कपको तयारी पुरा भएको कलेज प्रशासनले जानकारी गराएको छ । फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिनेछ ।

खेलकुदका माध्यमबाट बि.सी.ए. कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बि.सी.ए. अन्तर–कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बि.सी.ए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी गराए । खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बि.सी.ए. कलेज संबद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ ।

तेस्रो संस्करणको फुटसल कपमा काठमाडौँ उपत्यकाका बि.सी.ए. कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई एक लाख पचास हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । त्यसै गरी दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ ।

माघ २ गते तय भएका अन्तिम चरणका खेलहरू सँगै विशेष अर्वाड समारोह आयोजना गरिनेछ र तेस्रो बि.सी.ए कपको विधिवत रुपमा समापन हुनेछ ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु