global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

मङ्गला गाउँपालिका–१ तुसारेपानीमा ८० लाख ६२ हजारको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । ६७ लाख ३० हजारमा मनकामना युुवा क्लबले खेलमैदान र १३ लाख ३२ हजार चार सय ६२ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

म¬ङ्गला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले २१ लाख आठ हजार छ सय ५६ र १० लाख १७ हजार पाँच सय क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताए ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेको थियो । खेलमैदानको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र तुसारेपानी घर भई हाल अष्ट्रेलिया बस्ने मुक्तिप्रसाद रोकाले संयुक्त रूपमा शुभारम्भ गरेको थियो ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु