global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै

सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै

सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै

सिद्धार्थ बैंकको पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, बैंकले १०० रुपैयाँका दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । सभामा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
सभा, आर्मी अफिसर्स, क्लब भद्रकाली काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

 

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु