global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लक्ष्मी सनराइज बैंकको एजीएम आज

लक्ष्मी सनराइज बैंकको एजीएम आज

लक्ष्मी सनराइज बैंकको एजीएम आज

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १६ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु