गृहपृष्ठ ठूलोखोला हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न
ठूलोखोला हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न
ठूलोखोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने भएको छ । सभाबाट संचालक समिति सदस्यमा युवा ऊर्जा उद्यमी धिराज कार्की निर्वाचित भएका छन् ।
सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०\८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१\८२ को लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रकाशित समय : १७:४६ बजे


















