global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कानुन आयोगमा पुग्यो उच्च शिक्षासम्बन्धी विधेयक

कानुन आयोगमा पुग्यो उच्च शिक्षासम्बन्धी विधेयक

कानुन आयोगमा पुग्यो उच्च शिक्षासम्बन्धी विधेयक

उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक कानुन आयोगमा पुगेको छ । यसअघि विधेयकमा भएका प्रावधानमा विरोध भएपछि कानुन मन्त्रालयबाट फिर्ता भएको थियो ।

शिक्षा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीका अनुसार विधेयकलार्य थप परिस्कृत गर्न कानुन आयोगमा पठाइएको हो । कानुन मन्त्रालयबाट फिर्ता भएपछि शिक्षा मन्त्रालयले विधेयकमाथि राय सुझाव मागेको थियो । त्यसपछि राय सुझावसहित विधेयक कानुन आयोग पठाइएको मन्त्रालयले जनाएको छ ।

बुद्धिजिवी, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी, विद्यार्थी, राजनीतिक दलमा आबद्ध व्यक्ति, सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवस्थापक, उद्यमी तथा शिक्षासँग मन्त्रालयले सुझाव मागेको थियो ।

उक्त मस्यौदामा नेपालमा केन्द्रीय, प्रदेश र मानित गरी तीन प्रकारका विश्वविद्यालय कल्पना गरिएको छ । हाल सञ्चालनमा रहेकामध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयमा राखिएको छ ।

त्रिभुवन विश्वविद्यालयलाई भने ऐतिहासिक पृष्ठभूमि, नेपालको उच्च शिक्षा क्षेत्रमा भएको योगदान, संस्थागत क्षमता र प्राज्ञिक उन्नयनको आधारमा त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा प्रस्ताव गरिएको छ ।

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु