global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गरेका छन् ।

साथै, उनले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापना गर्न पनि आग्रह गरे ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गरेका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गरेका छन् ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु